२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालिका बलात्कार अभियोग लागेका अनाथालय प्रमुख कारागार चलान

अ+ अ-

काठमाडौँ । कञ्चनपुरमा बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अनाथालयका प्रमुखलाई कारागार चलान गरिएको छ ।

भीमदत्त नगरपालिका-४ को समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख सङ्कर बहादुर चन्दलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

अनाथालयमा आश्रित बालिकालाई एक वर्षदेखि जबर्जस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका चन्दलाई थुनछेक बहसपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिए । उनकाअनुसार चन्दलाई बालयौन दुरुपयोग कसुरमा ५० हजार रुपैयाँ धरौटी माग समेत गरिएको छ भने जबरजस्ती करणी र गर्भपतन कसुर मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

चन्दले अनाथालयमा आश्रित नाबालिकालाई औषधी खुवाएर गर्भपतन गराएको पनि अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । अनाथालय प्रमुख चन्द १७ माघमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस