उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने समाजवादीको माग « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने समाजवादीको माग


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । एकीकृत समाजवादीले उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने माग अघि सारेको छ।

एमाले माओवादीको गठबन्धन भत्केपछि सरकारमा जाने तयारीमा रहेको समाजवादीले आफ्नातर्फबाट सरकारमा चार जना सहभागी हुनुपर्ने बटम लाइन बनाउने भएको हो।

पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको र त्यसका लागि पार्टीबाट चार जना सहभागी हुनुपर्ने विषयका कुराकानी भएको हो।

सरकारमा को-को पठाउने भन्नेबारे छलफल भइरहेको नेता किसान श्रेष्ठले जानकारी दिए।

समाजवादीको प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा आठ जना सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस