प्रदेश नामकरणको छलफलमा मन्त्री भक्कानिएपछि… « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रदेश नामकरणको छलफलमा मन्त्री भक्कानिएपछि…


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नामकरणमाथि छलफलका क्रममा जसपा सांसद निर्मला लिम्बू प्रदेश १ को प्रदेशसभामा भक्कानिएकी छन् ।

प्रदेशको नाममा आफूहरूले राखेको किरात लिम्बुवान सगरमाथा नाम अस्वीकृत भएपछि स्वास्थ्य मन्त्रीसमेत रहेकी लिम्बू प्रदेशसभामा भक्कानिएकी हुन् । पहिचानको मुद्दालाई बहुमतले दबाबइएको उनको गुनासो छ ।

प्रदेशमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा भूगोलका आधारमा कोशी प्रदेश नाम राख्न सहमत छन् । जसपा र एकीकृत समाजवादी पार्टीले पहिचानको आधारमा किरात लिम्बूवान सगरमाथा प्रदेश राख्न प्रस्ताव गरेको थियो । तर कोशी प्रदेशको प्रस्ताव बहुमतले छलफलका लागि स्वीकृत हुँदा किराँत लिम्बूवान सगरमाथाले छलफलमा प्रवेश नै पाएन ।

आफ्नो प्रस्ताव अस्वीकृत भएपछि उनी भक्कानिएर रोइन् । संसद बैठकमा बोल्दै उनले भनिन्, ‘बहुमतको दम्भका अघि म एक्लो सांसदलाई सती पठाएझैं भयो। पहिचानको आवाजको हत्या भयो ।’ पटक पटक बोल्दा उनको गला अवरुद्ध भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस