मधेस र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने लोसपाको तयारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मधेस र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने लोसपाको तयारी


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ । आठ दलीय सत्ता गठबन्धनमा सहभागी लोसपाले संघीय सरकार र प्रदेश सरकारमा पनि सहभागी हुने भएको हो । 

लोसपाका कार्यकारिणी समिति सदस्य सर्वेन्द्रनाथ शुक्लाले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा सहभागी हुने बताएका हुन् ।

सत्ताधारी गठबन्धनमा सहभागी भइसकेपछि सरकारमा जाने कुरा स्वाभाविक हुने भन्दै उनले प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको जानकारी दिए । लोसपाको मधेस प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा तीन जना सांसद छन् । लोसपाका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले आफ्नो पार्टी केन्द्रको सरकारमा सहभागी हुने भएपछि प्रदेश सरकारमा पनि सहभागी हुने बताए ।

लोसपाले यसअघि नै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत दिइसकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस