आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।

बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतीक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर ज्यान गएको हो ।

मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए ।

उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् । शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस