सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । भृकुटीमण्डपस्थित फन पार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य द्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रूपमा दोषी ठहर गरेको हो । यो मुद्दामा गुरुङसहित ११ जना दोषी ठहर भएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौँ फन पार्कलाई दिने निर्णय भएको थियो ।

 गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस