विश्वासको मत लिने मुख्यमन्त्री शाहको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वासको मत लिने मुख्यमन्त्री शाहको तयारी


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।

विश्वासको मतका लागि उनले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।

मुख्यमन्त्री शाह केही दिन अघि काठमाडौँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस