नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ: आरजु राणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ: आरजु राणा


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन्।

मङ्गलवार ललितपुरमा नेपाल विद्यार्थी सङ्घद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा डिजिटल प्रणाली सुरुआत गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरू पूर्ण सक्षम नरहेको बताइन्।

उनले नेपाली सेनाको डेटाहरू आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको औँल्याइन्। उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबै खाले तथ्याङ्कहरू चोरी हुने खतरा रहेको उल्लेख गरिन्।

हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आइटी क्षेत्रका विद्यार्थीहरूले थप अध्ययन गर्न आवश्यक रहेको बताइन्।

उनले भनिन्,‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो। जर्साबहरुको सबै इमेल देखाइदियो मलाई। पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो। साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ। सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरूले यसमा अनुसन्धान गर्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस