मलेसियाले नेपाललाई दियो ७३ रनको सामान्य लक्ष्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मलेसियाले नेपाललाई दियो ७३ रनको सामान्य लक्ष्य


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । युएईमा जारी रहेको आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो रनको लक्ष्य दिएको छ। मलेसियाले खेलको ३५ दशमलव ३ बलमा अल आउट हुँदै मात्र ७२ रन बनाएको छ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालको लागि दिपेश कँडेलले सर्वाधिक ४ विकेट लिए। आकाश चन्दले तीन, मिलन बोहोराले २ विकेट र सुवास भण्डारीले एक विकेट लिए।

मलेसियाको लागि मोहम्मद अक्रमले सर्वाधिक २६ रन बनाए। भने मोहम्मद हाइरिल र मोहम्मद स्याहिरले १२/१२ रन जोडे।

Tags :
प्रतिक्रिया दिनुहोस