प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् ।

फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रूपमा डा. शर्मा नियुक्ति भएका हुन् ।

डा. शर्मा पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर पदमा कार्यरत थिए । उनी इन्टरनल मेडिसिन र पेट तथा कलेजो विषय विशेषज्ञ हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस