आज सांसद चन्द्र भण्डारीको हातको अपरेसन गरिँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज सांसद चन्द्र भण्डारीको हातको अपरेसन गरिँदै


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।

आज उनको दायाँ हातको अपरेसन गरिने भएको छ । आज राइट ह्यान्ड (दायाँ हात)को अपरेसन गरिने भएको हो ।

देब्रे हातका औँलाको पनि अपरेसन गर्नुपर्ने हुन सक्ने चिकित्सकले बताएका छन् ।

उक्त अस्पतालमा सांसद भण्डारीलाई भर्ना गरिएको आज १३औँ दिन हो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । राम्रोसँग बोल्ने र खाना पनि राम्रोसँग खाइरहेका छन् ।

संक्रमण हुन सक्ने कारणले शुभेच्छुक/आगन्तुकलाई सांसद भण्डारीसित भेटघाट गर्न दिइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस