सन्दीपलाई युएई पठाउन आइसिसीसँग अनुमति माग्दै क्यान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सन्दीपलाई युएई पठाउन आइसिसीसँग अनुमति माग्दै क्यान


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई युएईमा जारी त्रिकोणात्मक शृङ्खलामा भाग लिन नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल पहल सुरु गर्ने भएको छ ।

क्यानका प्रवक्ता दुर्गा पाठकले आइसिसीसँग अनुमति लिएर अन्य प्रक्रियाहरू पूरा गरी सन्दीपलाई युएई पठाइने जानकारी दिए ।

आज सर्वोच्च अदालतले सन्दीपमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गरेपछि उनलाई युएई जान बाटो खुलेको हो । सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ ।

सम्बन्धित समाचार : सन्दीपले पाए युएई जान सर्वोच्चबाट अनुमति 

पाठकले नेपाली टिममा सन्दीपलार्ई थप्नका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)मा अनुमति माग्ने बताए ।

नेपालको टिम शनिबार युएई भ्रमणका लागि प्रस्थान गरेको थियो । नेपालले आज आफ्नो पहिलो म्याच पपुवा न्यूगिनीसँग खेलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस