सामान्य प्रशासन मन्त्री मोदीद्वारा निजामती अस्पताल निरीक्षण « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सामान्य प्रशासन मन्त्री मोदीद्वारा निजामती अस्पताल निरीक्षण


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले निजामती सेवा अस्पतालको निरीक्षण तथा अवलोकन गरेका छन् । 

सोमबार मन्त्री मोदीले अस्पताल पुगेर अस्पतालको भौतिक संरचना, सेवा प्रवाह, सरसफाइको अवस्थाबारे अवलोकन गरेका हुन् । 

अवलोकनका क्रममा मन्त्री मोदीले अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गर्न निर्देशन दिए । मुख्य गरी अस्पतालले आकस्मिक सेवा प्रवाहमा सुधार गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । 

“यहाँको सुधार गर्नैपर्ने पक्ष भनेको आकस्मिक सेवा प्रवाह हो, आकस्मिक सेवा प्रवाहको सन्दर्भमा धेरै गुनासाहरू छन्” मन्त्री मोदीले भने, “आकस्मिक सेवा प्रवाहको सन्दर्भमा उल्लेख्य सुधार गर्न आवश्यक छ, त्यतातिर तपाईँहरूको ध्यान जाओस् ।”

मन्त्री मोदीले चिकित्सक र नर्सहरूको व्यवहार र बोलीले पनि बिरामीहरूको मनोबल वृद्धि हुने भएकाले सेवाग्राहीसँग राम्रो व्यवहार गर्न समेत निर्देशन दिए । 

सेवाग्राहीसँग चमेना गृहमा सँगै खाना खाएका मन्त्री मोदीले चमेना गृहको सरसफाइमा ध्यान दिन पनि विशेष निर्देशन दिए । “यहाँको चमेना गृह, चर्पी र अस्पताल परिसरको सरसफाइमा पनि विशेष रूपले ध्यान दिनुहोला” मन्त्री मोदीले भने । 

निरीक्षणको क्रममा अस्पतालका डाक्टर, नर्स, कर्मचारीहरूले अस्पतालको नीतिगत, प्रशासनिक र संस्थागत सुधारका सम्बन्धमा समस्याहरू राखेका थिए । 

मन्त्री मोदीले नेता, सांसद, मन्त्री र अन्य सर्वसाधारणलाई समान व्यवहार गर्न पनि निर्देशन दिए । मन्त्री मोदीले अस्पतालका विकृति र विसङ्गति हटाउनका लागि आफूले उचित पहलकदमी लिने समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस