२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा सामान्य अङ्कको गिरावट

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

होटेल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटेल तथा पर्यटन समूह ४३ दशमलव ८१, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह सात दशमलव २७, व्यापार समूह १२ दशमलव ६५ र अन्य समूह ११ दशमलव ८० अङ्कले बढेको छ ।

आज लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै ३९ दशमलव ३८ अङ्कले घटेको छ । त्यस्तै, बैङ्किङ समूह एक दशमलव ३८, विकास बैङ्क समूह १३ दशमलव ०८, वित्त समूह २८ दशमलव ४७ र जलविद्युत् समूह सात दशमलव ४१ अङ्कले घटेको छ । लगानी, जीवन बीमा र उत्पादन समूहको उपसूचकमा क्रमशः शून्य दशमलव ३४, आठ दशमलव ९६ र २३ दशमलव ३७ अङ्कको गिरावट देखिएको पनि नेप्सेले जनाएको छ ।

आजको कारोबारपछि सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता नौ दशमलव ७३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गिरावट भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य छ दशमलव ४३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको छ करोड ६८ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस