परराष्ट्र मन्त्रालयद्वारा एनआरएनएको संशोधित विधान प्रमाणीकरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

परराष्ट्र मन्त्रालयद्वारा एनआरएनएको संशोधित विधान प्रमाणीकरण


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को संशोधित विधानलाई परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको छ।

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार परराष्ट्र मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट उक्त विधान स्वीकृत गरेको हो।

गत अक्टोबर दोस्रो साता सम्पन्न सङ्घको वार्षिक अधिवेशनले उक्त विधानलाई सर्वसम्मत संशोधन गरेको थियो ।

सङ्घका अनुसार संशोधित विधान मन्त्रालयले प्रमाणीकरण गरेपछि स्वतः लागू भएको छ।

संशोधित विधानमा एमआईएस प्रणाली र फेसभेरिफिकेशन अनिवार्य, महाधिवेशन प्रतिनिधि संख्या लगायतका विषय समावेश गरिएको विधान समितिका संयोजक डा हेम राज शर्माले जानकारी दिए।

मन्त्रालयले संशोधित विधानलाई स्वीकृति दिएपछि आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशनको लागि आवश्यक निर्वाचनका सबै प्रक्रियाहरू अघि बढ्ने सङ्घले जनाएको छ ।

संशोधित विधानमा दसौँ महाधिवेशनमा उठाइएका प्रश्नको सम्बोधन गर्ने प्रयास गरेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस