झलनाथ खनाल र चित्रबहादुर केसीबीच भेटवार्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

झलनाथ खनाल र चित्रबहादुर केसीबीच भेटवार्ता


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भेटवार्ता भएको छ । 

सोमबार अध्यक्ष केसी नेता खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका हुन् । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ । 

फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस