भोलि गुल्मीका ३ स्थानीय तहमा सार्वजनिक बिदा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भोलि गुल्मीका ३ स्थानीय तहमा सार्वजनिक बिदा


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । गुल्मीका तीन स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन् । भोलि फागुन १५ गते राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

तीनवटै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । ती पालिकामा जनजातिको बाहुल्य रहेको र उनीहरूको चाड पनि भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएका छन् ।

सार्वजनिक बिदा अनुसार पालिकाभित्रका वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था तथा सङ्घ संस्थाहरू बन्द रहने गाउँपालिकाले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस