नेपालीलाई नै ठेक्का दिन निर्माण व्यवसायीको सेनासँग माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपालीलाई नै ठेक्का दिन निर्माण व्यवसायीको सेनासँग माग


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी अन्तर्राष्ट्रिय स्तरको बोलपत्र भन्दा राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको छ । 

महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेटी यस्तो आग्रह गरेको हो । 

स्वदेशी निर्माण कम्पनीले काम पाउँदा उनीहरूले आयोजनाप्रति अपनत्व महसुस गर्ने, नेपाली मुद्रा विदेश जानबाट रोकिने र आयोजनाहरू समयमा सम्पन्न हुने तर्क महासङ्घ प्रतिनिधिमण्डलले प्रधानसेनापति शर्मा समक्ष राखेको छ । 

प्रधानसेनापति शर्माले महासङ्घको अवधारणालाई सकारात्मक रूपमा लिँदै नेपाली निर्माण कम्पनीहरू पनि आफूले सक्षम पाएको बताए थिए। महासङ्घको अवधारणा कार्यान्वयनका लागि आफ्नो तर्फबाट सकारात्मक पहल हुने उनले बताए । महासङ्घ प्रतिनिधिमण्डलमा महासङ्घका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (ए.डी), महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेम सिंह ऐर सहभागी थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस