रास्वपाले बोलायो केन्द्रीय कमिटीको बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रास्वपाले बोलायो केन्द्रीय कमिटीको बैठक


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।

यहि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस