सिंहदरवार प्रवेशका लागि फोटो र अवधिसहितको पास वितरणको तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सिंहदरवार प्रवेशका लागि फोटो र अवधिसहितको पास वितरणको तयारी


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । सरकारले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा प्रवेश गर्ने आगन्तुकका लागि फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने तयारी गरेको छ ।

पास वितरण तयारी गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा बसेको बैठकले कम्प्युटर प्रणालीमा आधारित फोटो र अवधिसहितको पास वितरण गर्न गृह सचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिएको बताइएको छ ।

उक्त बैठकले सिंहदरवारको पश्चिम प्रवेशद्वारबाहेक अन्य प्रवेशद्वारबाट कर्मचारीलाई प्रवेश गर्न र बाहिर जाने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस