नेपाल समाजवादी पार्टीले कांग्रेस उम्मेदवारलाई मत दिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल समाजवादी पार्टीले कांग्रेस उम्मेदवारलाई मत दिने


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ ।

नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने औपचारिक निर्णय गरेको हो ।

यस्तै नेसपाले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।

नेसपासँग २५४ मतभार छ । नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस