एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस