इंग्ल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप फाइनलमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इंग्ल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप फाइनलमा


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । आयोजक दक्षिण अफ्रिका आठौँ संस्करणको आइसिसी महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गए राति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई ६ रनले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनलमा प्रवेश गरेको हो ।

केप टाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाउन सक्यो ।

अब आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खेल्नेछ । पहिलो सेमिफाइनलमा भारतलाई ५ रनले हराउँदै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस