गाँजा खेतीले नेपालको अर्थतन्त्रलाई कायापलट गर्छ : शेरबहादुर तामाङ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गाँजा खेतीले नेपालको अर्थतन्त्रलाई कायापलट गर्छ : शेरबहादुर तामाङ


११ फाल्गुन २०७९, बिहिबार


शेरबहादुर तामाङ

काठमाडौँ । पूर्व मन्त्री शेरबहादुर तामाङले गाँजा खेतीको सकारात्मक पक्षलाई उजागर गर्न जरुरी रहेको बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज आयोजित ‘नेपालमा गाँजा खेतीको वैज्ञानिकीकरण स् सम्भावना र चुनौती’ विषयक कार्यक्रममा कानुनले गाँजा खेतीलाई वैधानिक नमानेकाले अनुसन्धानकर्ताले यसको सकारात्मक पक्ष उजागर गरे कानुनी प्रक्रियालाई प्रभावमा पार्न सकिने बताए । 

प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीले नीति अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्त रूपमा गरेको अनुसन्धानमा गाँजा खेतीको प्रभाव, वर्तमान परिवेश, मार्गदर्शनबारे अध्ययन गरी सम्बन्धित निकायलाई सिफारिस गरेको जानकारी गराए । उक्त अध्ययनबाट गाँजाको सकारात्मक पक्षलाई स्पष्ट पार्न मद्दत पुर्‍याउन सक्ने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राज्यले गाँजा खेतीको विकासबारे नीतिगत व्यवस्था गर्न ढिलाइ गर्नु हुँदैन भन्दै गाँजाखेतीले नेपालको अर्थतन्त्रलाई कायापलट गर्छ भन्नेमा दुई मत नरहेको बताए ।

कार्यक्रममा गाँजाका सम्बन्धमा पर्याप्त अनुसन्धान नभएको, औषधि प्रयोजनका लागि राज्यले प्राथमिकता दिनुपर्ने, नीति प्रतिष्ठानले यस विषयलाई मूल विषय बनाउनुपर्ने, आर्थिक लाभको बलियो आधार, नियमन र व्यवस्थापन गर्ने गरी कानुन निमार्ण गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस