सीसीटीभी जडान गर्न साढे १६ करोड विनियोजन « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

सीसीटीभी जडान गर्न साढे १६ करोड विनियोजन


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मुख्य-मुख्य सार्वजनिक स्थानमा सिसिटिभी जडान गर्ने तयारी गरेको छ । बिहीबार बसेको १३औँ कार्यपालिका बैठकबाट महानगरभित्रका मुख्य-मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाका ३२ वडामध्ये २५ वडाले ५४ थान सीसीटीभी जडानका लागि १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने महानगर आफैँले शहरी सञ्चार सुरक्षाका लागि भन्दै ६ करोड विनियोजन गरेको छ ।

महानगरका सूचना प्रविधि समितिका संयोजक समेत रहेका प्रवक्ता नवीन मानन्धरका अनुसार काठमाडौँको मूल सडकमा नेपाल प्रहरी मार्फत सीसीटीभी जडान गरिने छ ।

चोक तथा गल्लीहरूमा नेपाल प्रहरीको प्राविधिक सहयोगमा वडा कार्यालय मार्फत सीसीटीभी जडान हुनेछ । महानगरले सार्वजनिक स्थानमा आवश्यकता अध्ययनको आधारमा सीसीटीभी जडान गर्ने बताएको छ ।

महानगरपालिका र नेपाल प्रहरीबीच १५ फागुन २०७५ मा सम्झौता भएअनुसार १६५ थान सीसीटीभी जडान भएको थियो । जसमध्ये १५८ वटा सञ्चालनमा रहेको मानन्धरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस