वन अधिकृतलाई कुट्ने विप्लव कार्यकर्ता पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वन अधिकृतलाई कुट्ने विप्लव कार्यकर्ता पक्राउ


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । सङ्खुवासभाको डिभिजन वन कार्यालयका सहायक वन अधिकृतलाई कुटपिट गरेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का कार्यकर्ता लोकेन्द्र लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

बुधबार बेलुकी ५ बजे कार्यकक्षमै प्रवेश गरेर विप्लव कार्यकर्ता लिम्बुसहितको टोलीले सहायक वन अधिकृत नविनराज दाहाललाई कुटपिट गरेको डिएसपी गोदारले बताए। प्रहरीले लिम्बुलाई नयाँ बजारबाट बुधबार राति पक्राउ गरिसकेको छ।

गिरफ्तार भएका लिम्बुमाथि अनुसन्धान भइरहेको डिएसपी गोदारले बताए। घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

कुटपिटबाट सहायक वन अधिकृतको टाउकोमा गहिरो चोट लागेको छ। कुटपिटबाट घाइते भएका सहायक वन अधिकृत दाहालको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दाहालको टाउकोमा ६ टाँका लगाइएको छ।

आधा दर्जनको संख्यामा रहेका विप्लव कार्यकर्ताले कार्यालयभित्रै प्रवेश गरेर कुटपिट गरेको सहायक वन अधिकृत दाहालले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस