गठबन्धन टुटिसकेको छैन : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गठबन्धन टुटिसकेको छैन : प्रधानमन्त्री प्रचण्ड


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटिनसकेको बताएका छन् ।

बिहीबार सिंहदरवारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपश्चात् उनले नयाँ गठबन्धनका लागि सहमति भई नसकेको बताए ।

माओवादी संसदीय दलको कार्यालयमा यी दुई नेताबीच छलफल भएको हो ।

छलफलपश्चात् ‘पुरानै पाँच दलीय गठबन्धन ब्युँतिएको हो ? भन्ने जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेसम्म त्यस्तो सहमति भइसकेको छैन ।’

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेस र एकीकृत समाजवादीसहितको बैठकमा पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो ।

बैठकमा सहभागी एक नेताले गठबन्धन ब्युँताउने लिखित सहमति भइसकेको जानकारी दिएका थिए । प्रधानमन्त्री प्रचण्डले भने त्यसलाई अस्वीकार गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस