सातै प्रदेशमा निजामती अस्पताल खोल्छौ : मन्त्री मोदी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सातै प्रदेशमा निजामती अस्पताल खोल्छौ : मन्त्री मोदी


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आफूले पहल गर्ने बताएका छन् । बिहीबार नेपाल चलचित्र प्राविधिक सङ्घको २० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सिभिल अस्पतालमा उपचार गर्न कलाकारलाई ५० प्रतिशत छुट दिलाउन पहल गर्ने समेत वचन दिए ।

प्राविधिकले हिरो हिरोइनलाई सुन्दर देखाएर फिल्मलाई हिट बनाइरहेको भन्दै उनले प्रशंसा गरे । ‘फिल्म दुनियाँका साथीहरूलाई भन्न चाहन्छु, तपाईँहरूको जीवन कठिन होला तर गाह्रो मान्नुपर्दैन । सरकारले तपाईँका लागि मागलाई पूरा गर्नेतर्फ पहल गर्नेछ । म आजैदेखि प्राविधिकलाई सामाजिक सुरक्षामा ल्याउन पहल गर्छु ।’

प्राविधिक सङ्घको चुनावी साधारण सभा समेत रहेको समारोहमा उनले एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । ‘तपाईँहरूले राज्यलाई घच्घच्याउनुपर्छ भन्ने मलाई लाग्छ । एकताबद्ध भएर अघि बढ्नुस्,’ उनले भने । सातै प्रदेशमा निजामती अस्पताल खोल्ने सरकारको योजना रहेको बताउँदै उनले सिभिल अस्पतालमा कलाकार र खेलाडीलाई उपचारमा ५० प्रतिशत छुट दिनेतर्फ पहल गर्ने आश्वासन दिए ।’

Tags :
प्रतिक्रिया दिनुहोस