गायक माइक खड्काको निधन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गायक माइक खड्काको निधन


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा निधन भएको छ । बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा खड्काको निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । वास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उनको स्टेज नाम चाहिँ माइक खड्का हो ।

नेपाली, हिन्दी र अंग्रेजी सङ्गीतका ज्ञाता समेत रहेका खड्काले विधिवत् रूपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट सङ्गीत सिकेका थिए ।

गायक ओमविक्रम विष्ट, अरुण थापा र दिव्य खालिङसँग उनले सहकार्य गरेका थिए । केही अंग्रेजी गीतको रेकर्ड गराए पनि उनले एल्बम भने सार्वजनिक गर्न पाएनन् । मुलुकको पुरानो साङ्गीतिक ब्यान्ड मानिने फ्रिडमसँग पनि उनले सहकार्य गरेका थिए ।

स्वर्गीय खड्काका पत्नी र एक छोरा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस