बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्।

उनले बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै काठमाडौँको नक्सालको जग्गा सम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन्।

यस विषयमा कहिलेसम्म अन देखा गरी बस्ने भन्दै उनले प्रश्न समेत उठाएकी छन्।

‘हामीले कहिलेसम्म अन देखा गर्ने ? कतिचोटी आइसक्यो पत्रपत्रिकामा। त्यस कारण बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग पनि गठन भएको रहेछ। त्यो आयोगले पदाधिकारी लगायतलाई कानुनी कारबाही गर्न पनि प्रतिवेदनमा भनिएको छ,’ उनले भनिन्, ‘त्यो प्रतिवेदन हामीले कहिले सार्वजनिक गर्छौँ। दैवले बाबुआमा खोसे, हामीले हेर्नुपर्ने बालबालिकाको लागि कहिलेसम्म अन देखा गरेर बस्ने ?’

२०१८ सालमा निजी सम्पत्तीलाई अधिग्रहण गरेर अनाथ बालबालिकाको हेरचाह गर्ने भनेर नेपाल बाल सङ्गठनलाई जिम्मा दिएको जग्गामा अहिले कसले भोगचलन गरिरहेको भन्दै प्रश्न गरेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस