फरार सूचीमा रहेका कोइरीसहित राष्ट्रपति निर्वाचनको नामावली प्रकाशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

फरार सूचीमा रहेका कोइरीसहित राष्ट्रपति निर्वाचनको नामावली प्रकाशन


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि मतदान गर्ने सांसदहरूको नामावली प्रकाशन गरेको छ । बुधबार निर्वाचन अधिकृतको कार्यालयले नामावली प्रकाशन गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले संघीय संसद्का तीन सय ३१ र प्रदेश सांसद पाँच सय ५० गरी ८ सय ८१ जनाको नामावली प्रकाशन गरेको हो ।

तीन संघीय सांसद रबी लामिछाने,अरुण चौधरी र टेकबहादुर गुरुङ बाहेकको नाम समावेश गरी नामावली प्रकाशन भएको छ । फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको नाम भने मतदाता सूचीमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस