प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सङ बालुवाटार पुगेका थिए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार,आज बिहान चिनियाँ राजदूत सङ बालुवाटार पुगेका हुन् ।

केही दिन अगाडि मात्रै चिनियाँ राजदूत सङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

५ फागुनमा ओलीलाई भेट्न उनी बालकोट नै पुगेका थिए । राष्ट्रपतिको मनोनयन दर्ता हुने समय नजिकिँदै गर्दा राजदूत सङको भेटवातलाई चासोका साथ हेरिएको छ ।

१३ फागुनमा राष्ट्रपतिको मनोनयन दर्ता हुने भए पनि अहिलेसम्म दलहरूले उम्मेदवार टुङ्ग्याउन सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस