विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन विभागको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन विभागको निर्देशन


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । पर्यटन विभागले विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन निर्देशन दिएको छ । कानुनअनुसार तोकिएको प्रक्रिया पुरा नगरी यस्तो पूर्वाधार तथा क्रियाकलाप सञ्चालन गरेमा कारबाही हुने समेत विभागले बताएको छ ।

नेपालमा पछिल्लो समय बन्जी जम्पिङ, स्विङ, क्यानोनिङ, स्काइ डाइभिङ, जिप फ्लाइङ, हाइ रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्यूजमेन्ट पार्क, फन पार्कजस्ता उत्पादनमा लगानी बढेको छ ।

यस्ता गतिविधिहरू सञ्चालन गर्नेमध्ये कतिपयले उद्योग-व्यवसाय दर्ता नगरी, इजाजत नलिई, नवीकरण नगराई सञ्चालन गरेको पाइएको भन्दै विभागले सचेत गराएको हो । दर्ता नगरी वा इजाजत नवीकरण नगरी यस्ता व्यवसाय सञ्चालन गरेमा दण्ड सजाय र जरिवानाको प्रक्रिया थाल्ने चेतावनी समेत विभागले दिएको छ । अर्कोतर्फ २ करोडदेखि ५ करोड रुपैयाँसम्म लगानी हुने यस्ता गतिविधिका लागि पूर्वाधार बनाउनु अगाडि संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन समेत पास गर्नुपर्छ । सो नगरेमा समेत कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस