२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपाललाई ओलीको प्रस्ताव-पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्नुहोस्

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच आइतबार भेट भएको हो । 

आइतबार दिउँसो महाराजगन्जमा दुई दलका अध्यक्षबीच भेट भएको स्रोतले बताएको छ । एमाले अध्यक्ष ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।

पार्टी विभाजनपछि विवाद व्यक्तिगत तवरमै चलिरहेका बेला ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालले गत २०७८ को भदौमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।

एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई समेत राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई समेत ओलीको सोही प्रस्ताव रहेको छ ।

प्रधानमन्त्री तथा नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारको पदाधिकारी बैठकमा ओलीले राष्ट्रिय सहमति हुनेगरी उम्मेदवारको नाम अघि नसारेको ब्रिफिङ गरेका थिए । ओलीले वाग्मतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, स्थायी कमिटी सदस्य गुरु बराललगायतको नाम अघि सारेको दाहालले बैठकमा बताएका थिए ।

गठबन्धन जोगाउन ओली आफैँले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अघि सार्न सक्ने सङ्केत आफूले पाएको दाहालले काँग्रेस नेताहरूलाई बताएका थिए । आइतबार राति दाहाललाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस