सीटीईभीटीको विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको लागि भर्ना आवेदन खुला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सीटीईभीटीको विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको लागि भर्ना आवेदन खुला


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । प्रविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालयले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको लागि भर्ना आवेदन खुला गरेको छ ।

कार्यालयले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६० जना छात्रछात्राहरूलाई प्रि-डिप्लोमा तह र ४ सय जनालाई डिप्लोमा/प्रमाणपत्र तहमा निःशुल्क अध्ययन गर्न प्रवेश परीक्षाको आवेदन खुला गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममा व्यवस्था भए आवेदन माग गरिएको कार्यालयले जनाएको छ ।

सो बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६० जना छात्रछात्राहरूलाई प्रि-डिप्लोमा तह र ४ सय जनालाई डिप्लोमा/प्रमाणपत्र तहमा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षा अध्ययन गर्न परीक्षार्थी छनौटका लागि आवेदन माग गरेको छ । कार्यालयको अनुसार इच्छुक आवेदकले निःशुल्क आवेदन दिन सक्नेछन् ।

कार्यालयको अनुसार फागुन ८ गतेदेखि फागुन २८ गतेसम्म इच्छुक आवेदकले आवेदन दिनुपर्नेछ भने परीक्षा चैत ११ गते हुनेछ । परीक्षा प्रदेशगत सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस