प्रहरीलाई हातपात गरेको आरोपमा पाँचजना पक्राउ   « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीलाई हातपात गरेको आरोपमा पाँचजना पक्राउ  


८ फाल्गुन २०७९, सोमबार


पक्राउ

काठमाडौँ । रौतहटको गौर नगरपालिका-६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चपुर नगरपालिका-४ बस्ने २० वर्षीय सुदर्शन साहसहित पाँचजना छन् ।

अस्थायी प्रहरीले पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बसपार्कमा छरिएर रहेका सवारीसाधनहरू व्यवस्थापन गर्ने क्रममा ग १ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले प्रहरीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेका प्रहरीले जनाएको छ ।

गाली गरेका साहलाई नियन्त्रणमा लिएको विषयलाई लिएर अन्य व्यक्तिहरूले गाली गलौज, हातपात तथा कुटपिट गरेपछि थप चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस