लुम्बिनी प्रदेश सरकार विस्तार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लुम्बिनी प्रदेश सरकार विस्तार


८ फाल्गुन २०७९, सोमबार


लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरिएको छ ।

मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त भएपछि लुम्बिनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको हो । उनलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ ।

उनलाई आज मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए । एक साताअघि नेकपा (एमाले)का तर्फबाट कृषि मन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

त्यस्तै मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रीको जिम्मेवारी तोकिएका मन्त्री कृष्णा केसीले अहिलेसम्म पद बहाली गरेकी छैनन् । उनको पद बहाली नभएसम्म आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारी मन्त्री चेतनारायण आचार्यलाई तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस