इंग्लिस प्रिमियर लिग : लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सानदार जीत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इंग्लिस प्रिमियर लिग : लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सानदार जीत


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटी माथि सानदार जीत निकालेको छ । युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३-० ले पराजित गरेर सानदार जीत निकालेको हो ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १-० को अग्रता लियो । ५६ औं मिनेटमा रासफर्डले फ्रेडको पासमा दोस्रो गोल गर्दै युनाइटेडलाई खेललाई २-० को अग्रता दिलाए ।

६१ औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३-० को जित सुनिश्चित गरे । ४६औं मिनेटमा एलेहान्द्रो गर्नाचोको स्थानमा मैदान छिरेका सान्चोले ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गर्न सफल भए ।

यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा छ भने लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस