सोच परिवर्तन नभएसम्म व्यवस्था परिवर्तन हुँदैन : ज्ञानेन्द्र शाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सोच परिवर्तन नभएसम्म व्यवस्था परिवर्तन हुँदैन : ज्ञानेन्द्र शाही


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले सोच परिवर्तन नभएसम्म कुनै पनि व्यक्तिले व्यवस्था परिवर्तन गर्न नसक्ने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली उत्सवमा शाहीले रूपान्तरण नभइकन पुस्तान्तरणको कुनै पनि काम नभएको बताएका हुन् ।

उनले व्यवस्था परिवर्तन भएन भने अवस्था परिवर्तन हुन नसक्ने तर्क गरे ।

‘व्यवस्था परिवर्तन भएन भने अवस्था परिवर्तन गर्न सकिन्न’, शाहीले भने, ‘त्यसैले व्यक्तिले अवस्था परिवर्तन गर्न सकिँदैन । व्यवस्था मात्रै परिवर्तन भएको भए यस्तो अवस्था हुँदैन थियो । युवालाई नेपालको राजनीतिमा स्वीकार गर्न सक्ने अवस्था नै छैन । त्यसैले, पहिले रूपान्तरण अनि बल्ल पुस्तान्तरण हुन्छ ।’ 

कुनै पनि व्यक्ति योजनाबिना राजनीतिमा नआउने बताउँदै शाहीले पहिले आफू सुर्खेत आउँदा मान्छेहरूले कुट्न आउने र पत्रकारहरूले क्यामेरा उल्टो फर्काएर बस्ने गरेको स्मरण गरे ।

‘कुनै पनि व्यक्ति योजनाबिना राजनीतिमा आउँदैन । मेरै उदाहरणलाई लिएर हेरे हुन्छ । म बोल्दै गर्दा कुट्न आउँथे, क्यामेरा उता फर्किन्थे । आज यही मञ्चमा उभ्याइदिनुभएको छ, यही हो रूपान्तरण भनेको,’ शाहीले भने, ‘सोचबिना र लक्ष्य बिनाको मान्छे त मान्छे नै होइन नि ।’

Tags :
प्रतिक्रिया दिनुहोस