‘केपी ओलीलाई राष्ट्रपति बनाऔँ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘केपी ओलीलाई राष्ट्रपति बनाऔँ’


७ फाल्गुन २०७९, आइतबार


विराटनगर । प्रदेश १ का माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राष्ट्रपति केपी ओलीलाई बनाउन पर्नेमा जोड दिएका छन्।

पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङ्बोले सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै यस्तो बताएका हुन्।

स्थायित्व,सुशासन र सम्बृद्धिको निम्ति प्रचण्ड नेतृत्वको सरकारलाई ५ वर्ष नै निरन्तरता दिनुपर्ने बताउँदै उनले वामपन्थी सहकार्यलाई दीर्घकालीन बनाउनुपर्नेमा जोड दिए।

उनले लेखेका छन्, ‘ठिक छ पुस १० को सहमतिलाई नै कार्यान्वयन गरौँ। त्यसको लागि, देशको गरिमामय अभिभावक राष्ट्रपति कमरेड केपी ओलीलाई बनाऔँ। स्थायित्व,सुशासन र समृद्धिको निम्ति कमरेड प्रचण्ड नेतृत्वको सरकारलाई ५ वर्ष नै निरन्तरता दिउँ वामपन्थी सहकार्यलाई दीर्घकालीन बनाऔँ।

Tags :
प्रतिक्रिया दिनुहोस