राखेप कर्मचारी सङ्घको अध्यक्षमा केसी निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राखेप कर्मचारी सङ्घको अध्यक्षमा केसी निर्वाचित


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्, कर्मचारी सङ्घको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन् ।

नेपालगञ्जमा फागुन ४ र ५ गते भएको सङ्घको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

दुई प्यानल बनाएर निर्वाचनमा गएका कर्मचारीहरूले केसीलाई अध्यक्ष छनौट गर्दा वरिष्ठ उपाध्यक्षमा सुमन घले, उपाध्यक्षमा ध्रुव प्रसाद खनाल र महिला उपाध्यक्षमा पार्वती राई निर्वाचित भएका छन् भने महासचिवमा कुमार बस्नेत,उपमहासचिवमा गोपीकृष्ण निरौला, सचिवमा शैलेन्द्र श्रेष्ठ र मिनप्रसाद पोखरेल र कोषाध्यक्षमा रामकृष्ण घिमिरे चयन भएका निर्वाचन अधिकृत महेन्द्र राईले जानकारी दिएका छन् ।

सदस्यहरूमा, रेखा बस्नेत,विमला कार्की,सानुराजा केसी, दोवे तामाङ,पूर्ण कुमार योन्जन, अर्जुन ब. कार्की, ब्रम्हदेव यादव,विष्णुलाल श्रेष्ठ, अश्विनी कुमार अधिकारी, प्रविन रानामगर, भीमलाल विक, ढाकादेवी पराजुली र दुर्गा बस्नेत चयन भएका छन् ।

कार्यसमितिमा प्रदेश समितिका अध्यक्षहरू केन्द्रिय समितिमा पदेन उपाध्यक्ष रहने छन् भने केन्द्रिय समितिले पाँच जनालाई मनोनीत गर्ने व्यवस्था कर्मचारी सङ्घको विधानमा व्यवस्था रहेको छ । आजै पद हस्तान्तरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस