ल्होत्से मलमा मोबाइल लुटेको आरोपमा थप एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ल्होत्से मलमा मोबाइल लुटेको आरोपमा थप एक जना पक्राउ


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । ल्होत्से मलमा भएको लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-४ बारपाटे स्थायी घर भई हाल नेपालटार बस्ने २९ वर्षीय सरोज पौडेल रहेका छन् ।

यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरू चोरी गर्दै गरेको देखिएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बालाजु बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि चोरी सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाएको प्रहरीले छ ।

Tags :
प्रतिक्रिया दिनुहोस