सांसद अरुण चौधरीले बुझाए ८ लाख रुपैयाँ जरिवाना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसद अरुण चौधरीले बुझाए ८ लाख रुपैयाँ जरिवाना


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । कैलाली कारागारमा रहेका कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी रिहा हुने तयारीमा छन्।

चौधरीले आगजनी घटनामा तोकिएको ८ लाख जरिवाना समेत बुझाइसकेका छन् । उनको कैद सजाय मिनाहा गरेर फागुन ७ गते प्रजातन्त्र दिवसको दिन रिहा गर्न लागिएको बुझिएको छ। सजाय माफीका लागि प्रक्रिया समेत अघि बढाइएको छ। उनको माफीको लागि फाइल राष्ट्रपति कार्यालयमा पठाइएको छ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले अरुण चौधरी सहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा २०७० वैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो।

फरार सूचीमा रहेका चौधरी सांसद भएपछि माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए। प्रहरीले पक्राउ गरेपछि उनलाई कैद र जरिवाना असुलका लागि जिल्ला अदालत पेस गरेको थियो। जिल्लाले थुनामा पठाएपछि उनी त्यस विरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर उच्च अदालत दिपायल पुगेका थिए।

बुधबार मात्र उनको मुद्दामा सुनुवाइ भएको थियो। तर, उच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । उच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि उनी थुनामै रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस