कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ : प्रकाशमान सिंह « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ : प्रकाशमान सिंह


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले उठाउने उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन्।

नेपाल जेसिजको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले संसद्को सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा स्वभाविक दाबी कांग्रेसको रहेको बताए।

‘कांग्रेसले अघि सार्ने उम्मेदवार राष्ट्रपति हुन्छ,’ उनले भने। कांग्रेसबाट को उम्मेदवार हुने भन्ने पार्टीले छलफल गरी निर्णय लिने पनि उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस