प्रदेश निजामती सेवा विधेयक बागमतीको मन्त्रिपरिषदबाट पारित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रदेश निजामती सेवा विधेयक बागमतीको मन्त्रिपरिषदबाट पारित


५ फाल्गुन २०७९, शुक्रबार


हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद्ले प्रदेश निजामती सेवा विधेयक र स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ती दुई विधेयक पारित गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले बताए ।

बैठकले बागमती प्रदेशको नीति तथा योजना आयोगमा डा. दीपेन्द्र श्रेष्ठ, डा. जयन्तनाथ खनाललाई नियुक्त गरेको मन्त्री दुलालले जानकारी दिए ।

त्यस्तै चालू खर्चको २० प्रतिशत खर्च कटौती गर्ने निर्णय पनि गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस