स्कटल्याण्डद्वारा नेपाल सामु २ सय ७५ रनको लक्ष्य प्रस्तुत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्कटल्याण्डद्वारा नेपाल सामु २ सय ७५ रनको लक्ष्य प्रस्तुत


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । कीर्तिपुरमा जारी आइसिसी पुरुष विश्वकप लिग टू अन्तर्गतको खेलमा स्कटल्याण्डले नेपाल सामु जीतका लागि २ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो ।

स्कटल्यान्डका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै पारीलाई ठुलो योगफलतर्फ डोर्‍याएका थिए । उनले ८५ बलमा १०७ रन बनाए । उनीबाहेक ज्याक जार्भिसले २६ तथा ओपनर क्रिस्टोफर म्याकब्राइड र ब्रान्डन म्याकमुलेनले समान २२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले दुई विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेलले र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । नेपालले आफ्नो पहिलो खेलमा नामिबयामाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । स्कटल्याण्डले पनि यसअघि नामिबियालाई १० विकेटले हराइसकेको छ ।

लिगमा स्कटल्याण्ड ४८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल २० अङ्कसहित लिगको छैटौँ स्थानमा सीमित रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस