विराटनगरबाट गाँजासहित २ जना भारतीय पक्राउ « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

विराटनगरबाट गाँजासहित २ जना भारतीय पक्राउ


५ फाल्गुन २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । नेपाल-भारत सीमा क्षेत्र नजिक विराटनगर-१५ स्थित रानी बसपार्कबाट गाँजासहित २ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति ८ बजेतिर रानी बसपार्क हुँदै भारत जान लागेका २ जना भारतीय नागरिकको साथमा रहेको ३ केजी लागुऔषध गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार विहार अररियाको महेश्वरीका २३ वर्षीय सुनिलकुमार साह र अररिया विसनपुरका ३९ वर्षीय प्रमोद यादव पक्राउ परेका हुन्।

पक्राउ परेका साह बसपार्क हुँदै जोगबनीतर्फ पैदल जाँदै गर्दा शङ्का लागि उसले बोकेको झोला चेक गर्दा गाँजा भेटिएको हो। गाँजासहित पक्राउ परेको उसलाई सोधखोज गर्ने क्रममा प्रमोद यादवले भारत लैजानका लागि दिएको बताएको एसपी थापाले जानकारी दिए।

बरामद भएको गाँजा तथा नियन्त्रणमा लिएको मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस