विश्वकप लिग टू : नेपाल र स्कटल्याण्ड भिड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वकप लिग टू : नेपाल र स्कटल्याण्ड भिड्दै


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको नेपाल सिरिजमा घरेलु टोलीले आज शुक्रबार स्कटल्याण्डसँग खेल्दैछ ।

भारतमा हुने एक दिवसीय विश्वकपको छनोटको रूपमा रहेको आईसीसी लिग टू अन्तर्गतको नेपाल त्रिकोणात्मक सिरिज जारी रहेको छ ।

तीन खेल अगावै विश्वकप लिग टूको विजेता बनेको स्कटल्यान्डविरुद्ध नेपालको खेल हुदैछ । टियु मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् । स्कटल्याण्डसँग पहिलो पटक घरेलु भूमिमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहन्छ ।

स्कटल्यान्डविरुद्ध नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ । त्यसकारण स्कटल्याण्ड नेपालका लागि सहज प्रतिद्वन्द्वी होइन ।

सिरिजमा नेपाल २५ खेलमा २० अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अङ्कका साथ तीन खेल लगावै विश्वकप लिग टूको च्याम्पियन भइसकेको छ ।

नेपाली टोली :

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सूर्य तामाङ

Tags :
प्रतिक्रिया दिनुहोस