नेपाल टेलिकमका पोष्टपेड ग्राहकको ब्यालेन्स एकाएक गायब, १५ घण्टाको अवधिमा एकपछि अर्को समस्या « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल टेलिकमका पोष्टपेड ग्राहकको ब्यालेन्स एकाएक गायब, १५ घण्टाको अवधिमा एकपछि अर्को समस्या


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाल टेलिकमका हजारौँ पोस्टपेड मोबाइलका ग्राहकको ब्यालेन्स एकाएक गायब भएको पाइएको छ । सरकारी स्वामित्वको टेलिकमको नेटवर्कमा १५ घण्टाको अवधिमा एकपछि अर्को समस्या आए पनि सम्बन्धित निकाय भने गम्भीर देखिँदैन । 

वुधवार दिउँसो १ बजे सिस्टम डाउन भएर सेवा अवरुद्ध भएको टेलिकममा बिहीबार बिहान हजारौँ पोष्टपेड प्रयोगकर्ताको ब्यालेन्स एकाएक गायब भयो। 

टेलिकमको बिलिङ सिस्टममा समस्या आउँदा यस्तो समस्या आएको बताइए पनि पछिल्लो समय ठुला र गम्भीर प्रकृतिका घटनाहरू टेलिकमले व्यहोर्दै आएको छ । उच्च नेतृत्वहरू संस्थाको सिस्टम सुधार्ने भन्दा आफ्नो दुनो सोझ्याउनतिर लाग्दा एक पछि अर्को समस्या थपिँदै गएको एक अधिकारीले बताए । 

यसबारे बुझ्न खोज्दा टेलिकमका प्रवक्ता शोभन अधिकारीले फोन उठाएनन् भने आधिकारिक पेजमासमेत कुनै जानकारी देखिँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस