संसद् बैठकमा सांसद उपस्थित नभएमा सचिवालयले सूचना सार्वजनिक गर्नुपर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसद् बैठकमा सांसद उपस्थित नभएमा सचिवालयले सूचना सार्वजनिक गर्नुपर्ने


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभा नियमावली २०७९ मा संसद् बैठकमा गयल भएमा त्यसको सूचना सार्वजनिक गर्ने अधिकार संसद् सचिवालयलाई दिएको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ मा भने यो अधिकार सचिवालयलाई थिएन । नियमवालीको परिच्छेद २ को धारा ४ मा सदस्यको उपस्थितिसम्बन्धी व्यवस्था गरिएको छ ।

उक्त व्यवस्था अनुसार बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्य रुपमा बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको पुस्तिका वा विद्युतीय उपकरणमा उपस्थिति जनाउनुपर्ने उल्लेख छ ।

यो व्यवस्था नियमवाली २०७५ मा राखिएको थियो । अहिलेको नियमवालीमा भने उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक गर्न सक्ने बुँदा पनि राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस